‘कबड्डी ४’ को ५० प्रतिशत छायांकन पुरा « Khabarhub

‘कबड्डी ४’ को ५० प्रतिशत छायांकन पुरा


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘कबड्डी’को चौथो संस्करण ‘कबड्डी ४ः द फाइनल म्याच’को छायांकन ५० प्रतिशत पुरा भएको छ । फिल्म मुस्ताङको विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको बाँकी छायांकन आगामी १५ दिनमा पुरा हुनेछ । निर्माण टिमले छायांकन स्थलबाट केही तस्वीर सार्वजनिक गरेको छ । तस्वीरमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ र विजय बराललाई देख्न सकिन्छ ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतको अभिनय छ ।

बासुरी फिल्मसको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा, पटकथा र संवाद, मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियारको निर्माण, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १ : ५४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको