यसरी बनाउनुहोस् इण्डियन स्टाइलको भेजिटेबल कवाफ « Khabarhub

यसरी बनाउनुहोस् इण्डियन स्टाइलको भेजिटेबल कवाफ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पाइने भेजिटेबल तरकारीहरूलाई नै राखिएको छ । तर यहाँ पकाउने तरिकाहरू फरक फरक छन् ।

यसैलाई मिक्स भेजिटेबल पनि भनिन्छ । भेजिटेबल कुर्मा पनि भनिन्छ वा भेजिटेबल पाउभाजी पनि भनिन्छ । खास गरेर पकाउने भान्छे तथा कुकले एक दुई चोटी मसला फरक गरेपछि सबै नाउँहरू उब्जिन्छन् । अब तल दिइएको विधिलाई तपाईं नै न्वारान गरी नाउँ राख्नुहोस् ।

आवश्यक सामग्री : गाजर १ मुठा १ इञ्चको लामो पिसमा काट्ने, घिउसिमी १०० ग्राम, सलगम १ मुठा, पनिर १०० ग्राम, भेडे खोर्सानी ५० ग्राम, हरियो मटरकोशा १०० ग्राम, प्याज ५० ग्राम, वन्दाकोबि १०० ग्राम, गोलभेडा ५० ग्राम, काँचो नरिवलको रस चिया गिलासको १ गिलास, जिरा धनियाँको पाउडर १/१ चम्चा, गरम मसला चिया चम्चाको १ चौथाई, नुन, बेसार, अजिनोमोटो इच्छानुसार, तेल वा घिउ ५० ग्राम, १ चम्चा मरिचको धुलो, १/१ चम्चा अदुवा+लसुन पेष्ट, दही १०० मिलिग्राम ।

बनाउने विधि : सबै तरकारी लाम्चो फ्रेन्च पीसमा काट्नु र गाजर भेडेखोर्सानी बाहेक अरू सबै तरकारी उमाल्नु र पानी तार्नु । अब तेल तताई प्याज फ्राई गर्नु र हाफ फ्राई भएपछि अन्य सबै तरकारी मसला, नुन, अदुवा, लसुन, नरिवलको रस, दही फिटेर हाल्नु र ४/५ मिनेट छोपेर पकाउनु । अन्तमा गरम मसला राखी निकाल्नु । अब खानलाई तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २५ बजे

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग