संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई नेताहरुको सुझाव  « Khabarhub

संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई नेताहरुको सुझाव 


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्रीहरु र दलका शिर्ष नेताहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

सभामुख सापकोटाले बोलाएको पूर्वप्रधानमन्त्री र संसदमा रहेका दलका शीर्ष नेताहरुको छलफलमा नेताहरुले सभामुखलाई संविधानले दिएको अधिकारअनुसार काम गर्न सुझाव दिएका हुन् ।

उनीहरुले संसद विघटनका बारेमा दलहरुसँग निरन्तर छलफल गर्न समेत सुझाव दिएका छन् ।

बैठकमा सहभागी जसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने,‘संसद विघटनका बारेमा चिन्ता व्यक्त भयो । कोरोना महामारीका बारेमा समेत छलफल भयो । चुरेको वालुवा निर्यात गरेर कथित व्यापारघाटा घटाउने निर्णय सबै हिसाबले गलत छ भनेर हामी एक भएर जानुपर्छ भन्ने विषयमा छलफल भयो ।’

बैठकमा संसद विघटन गलत र असंवैधानिक रहेको भन्दै दलका नेताहरुले संसद विघटन प्रधानमन्त्री ओलीको निरंकुशता र स्वेच्छाचारीताको पराकाष्ठा भएको निष्कर्ष निकालेका छन् ।

बैठकबारे नेता भट्टराईले भने,‘सभामुख त संविधानमा अर्को निर्वाचनसम्म रहने भन्नेछ । उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी पनि छ । दलहरुलाई घचघच्याउने काम गर्न हामीले भनेका छौँ,’ उनले भने,‘दलहरुको साथ रहन्छ भनेर सभामुखलाई भनेका छौं ।’

जवाफमा सभामुख सापकोटाले संविधानअनुसार काम गर्ने बताएको नेता भट्टराईले जानकारी दिए । उनले भने,‘सभामुखले मैले संविधानभित्र रहेर काम गर्छु । सर्वोच्चमा रहेको रिटको टुंगो लागोस् भनेर भन्नुभयो ।’

बैठकमा सभामुख अग्नि सापकोटाले कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव मागेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘सभामुखले यस्तो परिस्थतिमा कसरी अघि बढ्ने भनेर सुझाव माग्नुभएको थियो । सर्वोच्चबाट न्याय हुन्छ भन्नेमा हामीलाई विश्वास छ । लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्दै आएका पार्टी हौँ । लोकतन्त्रलाई जोगाउनका लागि हामी संघर्ष गर्न तयार छौँ । हाम्रो आस्था सर्वोच्चमा रहेको छ ।’

अध्यक्ष यादवले महन्थ ठाकुर पक्षका नेताहरुलाई कारबाही गरिएको तर जसपा एक रहेको समेत स्पष्ट पारेका छन् । उनले भने,‘केही मान्छेले विधान उल्लंघन गरेका कारण कारबाही गरिएको छ । जसपा अहिले एउटै पार्टी रहेको छ । पार्टीको विधानअनुसार हामीलाई कारबाही गर्ने आधार छैन ।’

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट निश्कासित नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, नेमकिपाका नेता प्रेम सुवाल र जनमोर्चा नेतृ दुर्ग पौडेल सहभागी थिए ।

बैठकमा सत्ता पक्षका कोही पनि सांसद सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ५ : ५० बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच