मदरसा शिक्षा विधेयक फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध सिरहामा प्रदर्शन « Khabarhub

मदरसा शिक्षा विधेयक फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध सिरहामा प्रदर्शन


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- राष्ट्रिय एकता अभियानले सिरहाको लहानमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानका वरिष्ठ नेता काशीन्द्र यादव नेतृत्वको टोलीले मदरसा शिक्षा विधेयक फिर्ताको मागसहित मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन गरेको हो ।

लहान बजारबाट नयाँ घण्टाघर हुँदै निकालिएको र्‍यालीमा अभियानका कार्यकर्ताहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’ र ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाएका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सिरहा जिल्ला संयोजक हेमन्त सिंहले प्रदेश २ का मुख्यमन्त्री राउतले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

विरोध कार्यक्रममा अभियानका अभियन्ता नविन गुप्ता, मनोज पासवान,अबिनाश गुप्ता र मनोज मेस्तर लगायतको उपस्थित रहेको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ०५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट