भारत भ्रमण सकेर नेपाल फर्कियो कांग्रेसको टोली « Khabarhub

भारत भ्रमण सकेर नेपाल फर्कियो कांग्रेसको टोली


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको ५ दिने भ्रमण सकेर नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली नेपाल फर्किएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणमा दिल्ली पुगेको टोली सोमबार भ्रमण सकेर नेपाल आइपुगेको हो ।

नेपाल कांग्रेसका सहमहामन्त्री डा. महतको नेतृत्वमा नेताहरु उदय शमशेर राणा र अजय चौरसियासहित तीन सदस्यीय टोली गत असोज २१ गते भारत प्रस्थान गरेका थिए ।

दुवै देशका सत्तारुढ दल र दुई देशको सम्बन्ध सुमधुर बनाउनका लागि भन्दै कांग्रेसले तीन नेतालाई भारत भ्रमणमा पठाएको थियो ।

उक्त टोलीले गत बिहीबार बिहान दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको थियो । उक्त भेटमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर पनि सहभागी थिए ।

सो क्रममा कांग्रेस नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतसँग भेटघाट गरेको थियो । भ्रमणका क्रममा दुई देशबीचको पुरानो सम्बन्धका विषयमा समिक्षा भएको र सीमा समस्याका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४७ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ