किन दुख्छ टाउको ? यसरी गर्नुहोस उपचार « Khabarhub

किन दुख्छ टाउको ? यसरी गर्नुहोस उपचार


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम मानिसमो एउटा साझा स्वास्थ्य समस्या हो, टाउको दुख्ने । यो एकै कारण वा एकै प्रकृति वा एकनासको हुँदैन । चर्को घाममा बस्दा, अनिँदो, चिसो वा यात्राका कारणले पनि टाउको दुख्ने हुन्छ ।

किन दुख्छ टाउको ?

१. पिनास (साइनस)
टाउकोको अग्र भाग तथा अनुहारमा पीडा हुने टाउको दुखेमा पिनास कारक हुने गर्दछ । यो टाउकोमा पिनास भरिएपछि वा आँखा, नाक तथा गालाको पछिल्तिर रहेको पिनासको नलीमा अवरोध सिर्जना हुदाँ उक्त नलीमा सुन्निन गई टाउकोमा अधिक पीडा हुने गर्दछ । बिहानीको समयमा र टाउको अगाडी, पछाडी लादाँ यो पीडा अधिक हुन्छ ।

उपचार

यस प्रकारको टाउनको दुखाईबाट बच्न अत्याधिक मात्रामा तातो पानीको सेवन गर्नु पर्दछ ।

तातो पानीको सेवनले टाउकोमा जमेको पिनासलाई पगाल्न मद्दत गर्छ र सुन्निएको कम गर्नुका साथै पिनास खुलाउँछ ।

२. चिन्ता/तनाव

अहिले अधिकाशं मानिसको टाउको दुख्नुको प्रमुख कारण हो, तनाव । अनिन्द्रा, गलत खानपान, तनाव पूर्ण वातावरण, मदिराको सेवनले पनि यस प्रकारको टाउको दुखाईलाई बढाउने गर्दछ । यो सम्पूर्ण टाउको वा टाउकोबाट सुरु भएको पीडा गर्दन वा कुमतिर सर्दै जान्छ । तनावका कारण टाउको दुखेमा आँखाको माथि वा टाउको पछाडिको भागमा निरन्तर घोचेजस्तो महसुस हुने गर्छ । त्यस्तै, मांसपेशी जकडिएको महसुस हुने गर्छ ।

उपचार
अदुवाको चियाको सेवन वा पर्याप्त निद्राले पनि शरीरलाई तनावबाट मुक्ती दिलाउँछ । त्यस्तै, टाउको ठन्डा राख्ने विभिन्न आरामदायी तेलको प्रयाग गरेमा यस प्रकारको टाउको दुखाईबाट आराम मिल्दछ ।

३. क्लस्टर
टाउकाको एउटा भाग लगातार दुख्ने र उक्त दुखाई एक महिना वा त्यस भन्दा बढि समयसम्म लम्बिएमा यसलाई क्लस्टर भनिन्छ । यो महिलाको तुलनामा पुरुषलाई ४ गुणा बढी हुन्छ । क्लस्टर टाउको दुखाई भएमा टाउकोमा अत्याधिक मात्रामा पीडा हुन थाल्दछ ।

उपचार
यस किसिमको पीडा भएमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

४. माइग्रेन
माइग्रेनको दुखाई मस्तिष्कमा हुने रक्त नली सुन्निदा हुने गर्दछ । यो पीडा जुनसुकै कारणले पनि हुनसक्छ । जस्तै, उज्यालो बत्ती, दुर्गन्ध, चर्को आवाज, पेय पदार्थको अत्याधिक सेवन ।

सामान्यतयाः माइग्रेनको पीडा २५ देखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी हुन्छ । यो पीडा एउटा आँखामा मात्र सिमित हुने गर्दछ ।

यो दुखाई अचानक सुरु हुन्छ र टाउकोको एउटा भागमा मात्र रहन सक्छ । माइग्रेन पेन हुदाँ आँखामा आसु भरिने, नाकबाट सिँगान बग्ने वा नाक बन्द हुने लगायतका लक्षण देखिन्छ । साथै थकाई लाग्ने, हाई आउने, दृष्टी परिवर्तन हुने, हातखुट्टा झमझमाउने गर्दछ ।

उपचार
माइग्रेन पेनमा ओमेगा ३ फ्याट्टी एसिड, म्याग्नेसियम तथा भिटामिन बी १२ को सेवन राम्रो मानिन्छ । साथै चिकित्सकको परामर्श अनिवार्य छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : ५० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको