केपी ओली नमारे कांग्रेसले नजित्ने रहेछ, आधिकारिक भनाइ चाहिन्छ :  बाँस्कोटा | Khabarhub Khabarhub

केपी ओली नमारे कांग्रेसले नजित्ने रहेछ, आधिकारिक भनाइ चाहिन्छ :  बाँस्कोटा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने भयानक षडयन्त्र भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

उनको अभिव्यक्ति लगत्तै बाँस्कोटाले शुक्रबार ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ?’

उनले बैद्यको अभिव्यक्तिबारे काँग्रेसको आधिकारिक धारणा समेत मागेका छन् ।

 

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : २० बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको