ओलीतन्त्रले हामीलाई ६ घण्टा थुन्यो : खगेन्द्र संग्रौला « Khabarhub

ओलीतन्त्रले हामीलाई ६ घण्टा थुन्यो : खगेन्द्र संग्रौला


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले सरकारको ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका छन् ।

सरकारलाई सचेत गराउन गरिएको खबरदारीमा आफूहरुमाथि दमन गरिएको उनको आरोप छ ।

चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थ्यमा भइरहेको खेलबाडको विरोध गर्दा आफूसमेत १८ जनालाई ६ घण्टा थुनिएको उनले बताए ।

शुक्रबार बालुवाटारबाट समातिएका संग्रौलाले हिरासतमुक्त भएपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत सरकारी रवैया बढेको भन्दै यस्तो ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका हुन्।

उनले लेखेका छन्, ‘चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात ख्वाउने र खानेविरुद्ध आवाज उठाउँदा ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्यो । सकल मान्यवर, मुख खोलौं, विरोध बोलौं, यी मक्खीचुस मार्सीमार्गीहरूलाई सम्बन्धनको आपराधिक कारोबार गर्न नदिऔँ।’

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नतामा गैरकानुनी रूपमा सम्बन्धन दिन लागेको भन्दै ‘बृहत् नागरिक आन्दोलन’अन्तर्गत शुक्रबार विरोधमा उत्रिँदा संग्रौला, नारायण वाग्ले, युग पाठक, अर्चना थापा, रिता परियारलगायत १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : ०१ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ