५६ पर्दामा ‘डाँडाको वरपीपल’ « Khabarhub

५६ पर्दामा ‘डाँडाको वरपीपल’


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ आज फूलपातीबाट देशव्यापी रिलिज भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुति रहेको फिल्ममा नवराज गिरीको लगानी रहेको छ ।

फिल्मलाई उपत्यकामा वितरक गोपालकाजी कायस्थको बीके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेका छन् । वितरकका अनुसार देशका ५६ वटा पर्दामा फिल्म रिलिज हुँदैछ । फिल्मले सोमबार राजधानीमा प्रिमियर गरेको थियो । प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : ४७ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६