चितवनमा केन्द्रीय नेताहरूको ओइरो | Khabarhub Khabarhub

चितवनमा केन्द्रीय नेताहरूको ओइरो


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनमा केन्द्रीय नेताहरूको ओइरो लागेको छ । आज (मंगलबार) मात्रै नेपाली कांग्रेस र नेकपा एमालेका चार जना केन्द्रीय नेता चितवन आउँदै छन् ।

जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन नेताहरू चितवन आउन लागेक हुन् । कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री डा. शशांक कोइराला चितवन आइसकेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मी पनि आजै चितवन आउँदै छन् । उनको गृह जिल्ला नै चितवन भएकाले आज घरमा भेटघाट हुने छ । बिहीवार महिला संघले आयोजना गर्ने दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

खैरहनी नगरपालिकामा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली चितवन आउँदै छन् । त्यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं कांग्रेस नेता उमेश श्रेष्ठ दिउँसो साँढे १ बजे चितवन आउने कार्यक्रम छ । हिजो सोमबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चितवन आएका थिए ।

जनता समाजवादी पार्टीका नेता अशोक राई नवलपरासीमा आयोजित पार्टी सुदृढीकरण कार्यक्रममा सहभागी भएर आजै काठमाडौ फर्किएका छन् । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका थिए ।

उनी आएकै दिन नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा पनि गृहजिल्लाका विभिन्न स्थानमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १२ : ०६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर