चितवनमा केन्द्रीय नेताहरूको ओइरो « Khabarhub

चितवनमा केन्द्रीय नेताहरूको ओइरो


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनमा केन्द्रीय नेताहरूको ओइरो लागेको छ । आज (मंगलबार) मात्रै नेपाली कांग्रेस र नेकपा एमालेका चार जना केन्द्रीय नेता चितवन आउँदै छन् ।

जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन नेताहरू चितवन आउन लागेक हुन् । कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री डा. शशांक कोइराला चितवन आइसकेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मी पनि आजै चितवन आउँदै छन् । उनको गृह जिल्ला नै चितवन भएकाले आज घरमा भेटघाट हुने छ । बिहीवार महिला संघले आयोजना गर्ने दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

खैरहनी नगरपालिकामा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली चितवन आउँदै छन् । त्यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं कांग्रेस नेता उमेश श्रेष्ठ दिउँसो साँढे १ बजे चितवन आउने कार्यक्रम छ । हिजो सोमबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चितवन आएका थिए ।

जनता समाजवादी पार्टीका नेता अशोक राई नवलपरासीमा आयोजित पार्टी सुदृढीकरण कार्यक्रममा सहभागी भएर आजै काठमाडौ फर्किएका छन् । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका थिए ।

उनी आएकै दिन नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा पनि गृहजिल्लाका विभिन्न स्थानमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १२ : ०६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह