पुरिए सडकका खाल्डाखुल्डी | Khabarhub Khabarhub

पुरिए सडकका खाल्डाखुल्डी


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जिल्लाका सडककमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएकी थिइन ।

उनको निर्देशनलगत्तै पेप्सीकोलाबाट पुरानाे थिमी हुँदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको जीर्ण खडक खाल्डाखुल्डी पुर्नुका साथै यातायातका साधन ओहोरदोहोर गर्न सहज बनाएको छ । सडक मर्मतको सोमबार प्रजिअ शर्मासमेतको टोलीले अनुगमनसमेत गरेको छ ।

स्थानीयवासीको अवरोध र ढल निकासको सहज व्यवस्था नहुँदा हरेक वर्ष डुबानमा पर्ने उक्त सडकखण्ड यस वर्ष पनि वर्षामा ठूला–ठूला खाडल परेर पुरानाे बाटो थिमि भएर ओहोरदोहोर गर्ने सार्वजनिक एवं निजी सवारी साधनले निकै समस्या व्यहोर्दै आएका थिए भने वर्षामा पटक–पटक दुर्घटनासमेत भएको थियो । प्रजिअ शर्माले निकोसेरा सडक मर्मत भएजस्तै विभिन्न आयोजनाले अरु सडक पनि मर्मत गर्नेमा आफू विश्वस्त रहेको बताइन ।

त्यसैगरी सडक विस्तारका क्रममा खाल्डाखुल्डी भएको बालकोट सिरुटार बिरुवा सडकखण्डको सिरुटार सडक पनि मर्मत गरी खाल्डाखुल्डी पुरिएको सूर्यविनायक नगरपालिका–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए ।

कमलविनायक खरिपाटी नगरकोट सडक भने मर्मत गरिएको छैन । पन्ध्र किलोमिटर सडक निर्माणको छ पटकसम्म म्याद थप गरे पनि अझै निर्माण सम्पन्न नभएको यो सडकखण्डमा सवारीसाधन आवतजावतमा निकै कठिनाइ भएको छ ।

एकातिर सडकमा खाल्डाखुल्डी र अर्कोतर्फ सडकको दायाँबायाँ महिनौँदेखि ग्राइबेलको थुप्रो राख्दा सवारीसाधन आहोरदोहारो गर्न निकै कठिनाइ भएको स्थानीयवासीले बताएका छन् । नगरपालिकाका अन्य भित्री सडकमा समेत दसैँ अगाडि मर्मत हुन नसक्ने भन्दै मर्मतमा अटेर गरेका छन् ।

दशैँलगत्तै सबै सडकको अनुगमन गर्ने र मर्मत नभएका सडक तिहार अगाडि नै मर्मत गर्न लगाइने प्रजिअ शर्माले बताइन । जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न उनले आफ्नो कार्यालयमा सरोकारवाला निकाय बोलाएर आइतबार दिउँसो निर्देशन दिएकी थिइन ।

जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, जिल्लाका चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जीनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : २० बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको