एसईई मूल्यांकन कार्यविधि तयार, नतिजा विद्यालयले असार २० भित्र पठाउनुपर्ने « Khabarhub

एसईई मूल्यांकन कार्यविधि तयार, नतिजा विद्यालयले असार २० भित्र पठाउनुपर्ने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ ।

बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित गरेको र विद्यालयले असार २० गते भित्र विद्यार्थीको मूल्यांकन नजिता सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडले बताए ।

उनले भने, ‘विद्यालयले असार २० गते भित्र समन्वय इकाईमा पठाउने र समन्वय इकाले असार मसान्तभित्र बोर्डमा पठाउने निर्णय भएको छ ।’

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसकेपछि २०७७ को एसईई परीक्षा पनि अघिल्लो वार्षको जस्तै मुल्यांकन विधिबाट हुन लागेको हो । जसका लागि बोर्डले मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ ।

नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइएको छ । विद्यार्थीको पढाईको विषयमा विषयगत शिक्षकलाई थाहा हुने भएकोले मुल्यांकनको मुख्या अधिकार विषयगत शिक्षकलाई दिइएको अध्यक्ष पौडेलले बताए ।

कसरी हुन्छ मुल्यांकन ?

७५ पुर्णाङ्कको लिखित परीक्षा दिनुपर्ने विषयमा विद्यार्थीले गरेको कक्षा कार्य, प्रस्तुति, प्रोजेक्ट ओर्क लगायतलाई आधार मानेर विषय शिक्षकले २० प्रतिशतसम्म मार्क्स उपलब्ध गराउने र विद्यालयमा भएको पहिलो दोस्रो र तेस्रो त्रैमासिक परीक्षा लगायतलाई आधार मानेर ५५ प्रतिशत मार्क्स मुल्यांकन गरिने परीक्षा नियन्त्रक अधिकारीले बताए ।

२५ पुर्णाङ्कको प्रयोगात्मक विषयलाई, प्रयोगात्मक परीक्षा लिएर नै नम्बर उपलब्ध गराइने उनले बताए । पहिलो,दोस्रो त्रैमासिक परीक्षा लिन नसकेका विद्यालहरु पनि भएकाले कार्यविधिमा त्यसलाई सोही अनुसारको मुल्यांकन गर्ने छुट दिएको नियन्त्रक अधिकारीले जानकारी दिए । साेही अनुसार सबै विषयकाे मुल्यांकन हुने उनले बताए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : २३ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष