एसईई मूल्यांकन कार्यविधि तयार, नतिजा विद्यालयले असार २० भित्र पठाउनुपर्ने « Khabarhub

एसईई मूल्यांकन कार्यविधि तयार, नतिजा विद्यालयले असार २० भित्र पठाउनुपर्ने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ ।

बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित गरेको र विद्यालयले असार २० गते भित्र विद्यार्थीको मूल्यांकन नजिता सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडले बताए ।

उनले भने, ‘विद्यालयले असार २० गते भित्र समन्वय इकाईमा पठाउने र समन्वय इकाले असार मसान्तभित्र बोर्डमा पठाउने निर्णय भएको छ ।’

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसकेपछि २०७७ को एसईई परीक्षा पनि अघिल्लो वार्षको जस्तै मुल्यांकन विधिबाट हुन लागेको हो । जसका लागि बोर्डले मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ ।

नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइएको छ । विद्यार्थीको पढाईको विषयमा विषयगत शिक्षकलाई थाहा हुने भएकोले मुल्यांकनको मुख्या अधिकार विषयगत शिक्षकलाई दिइएको अध्यक्ष पौडेलले बताए ।

कसरी हुन्छ मुल्यांकन ?

७५ पुर्णाङ्कको लिखित परीक्षा दिनुपर्ने विषयमा विद्यार्थीले गरेको कक्षा कार्य, प्रस्तुति, प्रोजेक्ट ओर्क लगायतलाई आधार मानेर विषय शिक्षकले २० प्रतिशतसम्म मार्क्स उपलब्ध गराउने र विद्यालयमा भएको पहिलो दोस्रो र तेस्रो त्रैमासिक परीक्षा लगायतलाई आधार मानेर ५५ प्रतिशत मार्क्स मुल्यांकन गरिने परीक्षा नियन्त्रक अधिकारीले बताए ।

२५ पुर्णाङ्कको प्रयोगात्मक विषयलाई, प्रयोगात्मक परीक्षा लिएर नै नम्बर उपलब्ध गराइने उनले बताए । पहिलो,दोस्रो त्रैमासिक परीक्षा लिन नसकेका विद्यालहरु पनि भएकाले कार्यविधिमा त्यसलाई सोही अनुसारको मुल्यांकन गर्ने छुट दिएको नियन्त्रक अधिकारीले जानकारी दिए । साेही अनुसार सबै विषयकाे मुल्यांकन हुने उनले बताए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : २३ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल