राजविराज र जनकपुरमा उपेन्द्र यादवको पुत्ला दहन « Khabarhub

राजविराज र जनकपुरमा उपेन्द्र यादवको पुत्ला दहन


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ ।

राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दुको नेतृत्वमा र जनकपुरमा अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।

दुवै स्थानमा निकालिएको र्‍यालीमा प्रदर्शनकारीहरूले ‘चिनियाँ दलाल मुर्दावाद’, ‘उपेन्द्र यादव-प्रचण्डको दलाल’, ‘प्रदेश २ मा तिब्बतीकरण बन्द गर’, ‘प्रदेश २ मा इस्लामीकरण बन्द गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेयक ल्याएको आरोप लगाएका छन्।  सबैको शिक्षाको लागि सामुदायिक विद्यालय भए पनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको उनले बताए ।

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : ०० बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह