गुणस्तरीय दुध नहुँदा जुजु धौँ बनाउन समस्या, दशैँमा माग दोब्बर « Khabarhub

गुणस्तरीय दुध नहुँदा जुजु धौँ बनाउन समस्या, दशैँमा माग दोब्बर


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– छरिएका भुस । त्यसमाथि राखिएका भेट अर्थात् दही जमाउने माटाका भाँडा । त्यही भाँडामा दही जमाउँदै छिन् लक्ष्मी सैँजु ।

लामो समयदेखि दही बनाउँदै आएकी सैँजुको दैनिकी सोही काममा व्यतित हुन्छ । हरेक दिन बिहान ६ बजेदेखि नै दही बनाउन सुरु गर्ने उनी साँझसम्म पनि त्यसैमा व्यस्त हुन्छिन् । ‘हामी अर्डर अनुसार दही बनाउछौं । दशैँ तिहारलगायत चाडपर्वमा त काम भ्याइ नभ्याई नै हुन्छ,’ उनले भनिन्, ‘चाडपर्वमा दहीको माग नै दोब्बर हुन्छ । मागअनुसार दही उत्पादन गर्छौं ।’

उनीसंगै प्रमिला राई पनि भक्तपुरे जुजु धौँ बनाउँदै आएकी छन् । नुवाकोटकी राई तीन वर्षदेखि सैँजु जुजु दही भण्डारमा आबद्ध भई दही बनाउन व्यस्त छिन् । यहाँको दही मात्रै नभई दुध पनि स्वादिष्ट हुने उनी बताउँछिन् ।

गाउँका दुध डेरीले जम्मा गरेका दुध सैँजुको दही भण्डारमा बिहानै आइपुग्छ । दुई ल्याउनुभन्दा पहिले दुबै जना भण्डारणमा गई काम गर्न थालेका हुन्छन् । कहिले एक जना सफा गर्ने त कहिले अर्को तर बिहान ६ बजेदेखि नै काम सुरु गरिसक्ने उनीहरु बताउँछन् ।

सबेरै उठेर घरको काम सकाई ६ बजेदेखि दुध तताउन आगो बाल्ने सैँजु बताउँछिन् । ‘गाउँबाट राति नै दूध आउँछ । त्यसलाई आगो बालेर ठुलो कराईमा तताउँछौ, उनले भनिन्, एक देखि डेढ घण्टा तताएपछि केही बेरा सेलाउन दिन्छौँ र दही बनाउने भाँडामा हाल्छौँ,’ उनी भन्छिन्, ‘भाँडा अनुसार दुध हाल्नुपर्छ । हामीले दहीमा चिनी मात्रै मिसाउछौं । तर आवश्यकता र स्वादअनुसार सुकमेल, नरिवललगायतको सामग्री हाल्छौँ । जुन अर्डरअनुसार हुन्छ ।’

पुर्ख्योली पेसाको रुपमा सो काम गर्दै आएकी उनी आजभोलि दहीको स्वाद र ब्राण्डमा आएको परिवर्तनमा चिन्तित छन् । उनी भन्छिन्, ‘जुजु धौँ बनाउने छुट्टै विधि छ । परम्परागत शैलीमा बनाइन्छ । तर आजभोलि नयाँ दही व्यवसायीले नाम जुजु धौँ राखेर स्वाद र सामग्री अरु नै प्रयोग गर्छन् । अनि मारमा हामी परेका छौँ ।’

जुजु धौँ बनाउनको लागि भैँसीको दुध र धेरै चिल्लो पदार्थ हुने दुध आवश्यकता भए पनि आजभोलि सोअनुसारको दुध खपत नहुने उनले सुनाइन् । यहाँ उत्पादन भएका दही भक्तपुर, काठमाडौं, ललितपुरलगायत मुलुकका विभिन्न जिल्लामा बिक्री गरिँदै आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ५० बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ