आज नवरात्रको आठौं दिन, घरघरमा कालरात्री देवीको आराधना गर्दै अष्टमी मनाइदैं « Khabarhub

आज नवरात्रको आठौं दिन, घरघरमा कालरात्री देवीको आराधना गर्दै अष्टमी मनाइदैं


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दशैंको आठौं दिन महाष्टमी पर्व देशभर बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्य रुपमा मनाइदै छ । नवरात्रको आठौं दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरीको पूजाराधना गरिदै छ ।

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमी दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

आजको दिन शास्त्रसम्मत रुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, दक्षिणकालीलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको भीड छ ।

उपत्यका बाहिरका नुवाकोटका जाल्पामाई, सुनसरीको दन्तकाली, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता र सखडा, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रको चण्डेश्वरी, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने श्रद्धालुको घुइँचो छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

नवरात्रको पहिलो दिन विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन ब्रह्मचारिणी देवी, सातौं दिन कालरात्री देवी र आज आठौं दिन महागौरीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ ।

आजको दिनमा महागौरीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणका त्रासका कारण धेरै मन्दिरमा मानिसको भिड पहिलो जस्तो छैन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ३० बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा