सर्ट फिल्मले जुर्‍यायो शिवशंकर रिजालको ‘जोगिन्दर’ उपनाम « Khabarhub

सर्ट फिल्मले जुर्‍यायो शिवशंकर रिजालको ‘जोगिन्दर’ उपनाम


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजन कार्यक्रम गर्न थालेको लामो समय भइसकेको छ । ‘जोगिन्दर बोले प्रणामजी’को पहिलो एपिसोडमै तत्कालीन ऊर्जा मन्त्री डा. प्रकाशशरण महतलाई अतिथि बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रूपमा स्थापित नै भए ।

त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन् । पान पसलेको रूपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन् । जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो ।

‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिए । त्यहीँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’, जोगिन्दरले भने ।

अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्ट फिल्म विजेता बनेसँगै जोगिन्दर क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडि बढाउने सोच बनाए ।

‘मैले क्यारेक्टरलाई कसरी जीवित राख्ने सोच्दै थिएँ र त्यही समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाइसँग सल्लाह गरेर कार्यक्रम सुरु गरे र अहिलेसम्म निरन्तर सञ्चालन गरिरहेको छु’, उनले भने ।

उनलाई सर्वसाधारणले पान पसलेसम्म भन्ने गरेका छन् । यस्तो सुन्दा उनी क्यारेक्टरले पाएको मायाले खुसी हुन्छन् । ‘आफूले मेहनत गरेको क्यारेक्टरलाई दर्शकले रिलेट गर्दा खुसी लाग्छ’ जोगिन्दरले भने । प्रायः मेला महोत्सवमा उनले आफूलाई त्यही क्यारेक्टरमा प्रस्तुत गर्ने गरेका छन् ।

त्यसो त बेलाबखतमा मधेसी क्यारेक्टरको विवाद पनि निम्तिने गरेका छन् । यद्यपि, उनी आफूले निर्वाह गरेको भूमिका प्रति विश्वस्त छन् । ‘हाम्रो कार्यक्रमले मधेश र मधेसीको संस्कृतिलाई अगाडि ल्याउने कार्य गरेको छ । हामीले क्यारेक्टरमार्फत समुदायलाई असर पर्ने काम गरेका छैनौ’, जोगिन्दरले भने ।

उनले मधेसको संस्कृतिलाई विदेशमा समेत पुर्‍याएको बताए । ‘हाम्रो संस्कृतिलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नु पर्छ’ उनले भने । जोगिन्दरको शो पछिल्लो समय सञ्चालनमा छैन । तर, क्यारेक्टरलाई उनले प्रहसनमार्फत जीवन्त बनाइरहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ३ : ०५ बजे

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौं– उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी

वर्षापछि वायुको गुणस्तरमा सुधार

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि