मुगु बस दुर्घटना अपडेटः मृतक ३२ जनाको सनाखत « Khabarhub

मुगु बस दुर्घटना अपडेटः मृतक ३२ जनाको सनाखत


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोला मंगलबार भएको दुर्घटनामा परी ज्यान गुमाएका ३२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी हालसम्म ज्यान गुमाएका सबैको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार नेपालगञ्जबाट मुगु आउँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो करिब पौने २ बजे छायाँनाथ रारा नगरपालिका ७ पिना तपने खोला नजिक सडक खण्डमा दुर्घटनामा परेको थियो । बस सडकबाट २०० देखि २५० मिटर तल खसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

दुर्घनामा परी २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचार नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बसमा ४६ जना यात्रु सवार थिए ।

मृतकको विवरण

मुगु छायानाँथ रारा नगरपालिका वडा ७ की अन्दाजी १९ वर्षीया लग्न सेजुवाल र उनका २ वर्षीय (नाम खुल्न बाकीँ)
सोही नगरपालिका ७ की अन्दाजी २० वर्षीया छोरी मनदेवी बम,
वडा १० झारकोट की अन्दाजी १८ वर्षीया पुजा बुढा,
वडा ८ का ३३ वर्षीय प्यारी वि.क,
वडा ८ का २२ वर्षीय सन्तोष वितालु,
वडा १२ का २२ वर्षीय छाँता साउँद,
वडा ८ ३५ वर्षीय चालक दानबहादुर रावल,
वडा १० की २० वर्षीया सरिता खड्का,
वडा १४ का २२ वर्षीय कर्ण सिंह बुढा,
सोरू गाउँपालिका वडा ३ का २५ वर्षीय मनरूप कुमाल,
छाँयानाथ रारा नगरपालिकाका वडा १ का २३ वर्षीया चन्द्रादेवी मल्ल,
वडा ६ की १९ वर्षीया छोरी राममाया भाम,
वडा १० का १८ वर्षीय अम्मर साउँद,
वडा ११ का २२ वर्षीय प्रकाश बुढा,
वडा ५ का २९ वर्षीय अजय कार्की,
वडा ५ की ३२ वर्षीया कमला वि.सी (रावत),
वडा १० का २२ वर्षीय सुनबहादुर वि.क,
वडा १४ सुम्ली का १९ वर्षीय शिव बुढा,
वडा ७ तोप्लाकी २१ वर्षीया अमृता शाही,
वडा ७ की मृतक अमृता शाहीका ४/५ वर्षीय छोरा (नाम खुल्न बाँकी),
वडा १४ का २० वर्षीय रूपसिंह कार्की,
वडा ७ तोप्लाको २२ वर्षीय महेन्द्र शाही,
बाँके राझाँ बस्ने २२ वर्षीय प्रदिप स्वर्णकार,
छाँयानाथ रारा नगरपालिका वडा १ का १८ वर्षीय चन्द्रप्रकाश भाम,
वडा ७ का १२ वर्षीय आदित्य विक्रम शाह,
वडा ८ का २८ वर्षीय टोपबहादुर विष्ट,
सोरू गाउँपालिका वडा ८ का २३ वर्षीय आईत सिंह कामी,
छायानाथ रारा नगरपालिका वडा ८ झ्यारी का ३३ वर्षीया भगवती चन्द,
वडा ७ की १६ वर्षीय सस्मिता बम,
वडा १४ का १८ वर्षीय सन्त भण्डारी,
वडा ८ सिकाढीका १८ वर्षीय नविन बुढा,

घाइतेहरू
छायाँनाथ रारा–५ का प्रेम बहादुर रावल,
छायाँनाथ रारा–१ का २१ वर्षीय शुक्रराज मल्ल,
छायाँनाथ रारा–८ का २१ वर्षीय रतनसिंह रावल,
छायाँनाथ रारा–७ का १८ वर्षीय शैलिन्द्र शाही,
छायाँनाथ रारा–७ का २१ वर्षीय गणेश बहादुर रावल,
छायाँनाथ रारा–१ की ९ वर्षीय सुस्मिता शाही,
छायाँनाथ रारा–८ की २० वर्षीय सम्झना रावल,
छायाँनाथ रारा–११ की ३ १ वर्षीय रेखा सावद,
छायाँनाथ रारा–५ की लक्ष्मीचन्द्रा रावल,
छायाँनाथ रारा–११ का दन्ता बुढा,
छायाँनाथ रारा–१३ की ७ वर्षीय सुजता बम,
छायाँनाथ रारा–११ का हर्षबहादुर सावद,
छायाँनाथ रारा–३ का ६ वर्षीय भूमिका बुढा,

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १ : २० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी