‘म’ बनाउदै कान्तिपुर फिल्म एकेडेमी « Khabarhub

‘म’ बनाउदै कान्तिपुर फिल्म एकेडेमी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म सम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म ‘म’ निर्माण गर्ने भएको छ । फिल्मको सोमबार एकेडेमीकै परिसरमा मुहुर्त गरिएको छ ।

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म कोरोना महामारीका कारण छायांकनमा जान सकेको थिएन । अब यो फिल्म यही पुष ११ गतेबाट फ्लोरमा जाँदैछ ।

फिल्म ‘सुनगाभा’ का निर्देशक सुर्वण थापा निर्देशन गर्ने फिल्ममा एकेडेमीका सिइओको प्रकाश पुरीको लेखन छ । फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सबिन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठलगायतको अभिनय रहनेछ ।

बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहने फिल्ममा पदम पुरी सह–निर्माता र विमला हुमागाई निर्माता छिन् । फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् ।

निर्देशक थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा बताए । अभिनेता खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने दाबी गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : २८ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज