‘म’ बनाउदै कान्तिपुर फिल्म एकेडेमी « Khabarhub

‘म’ बनाउदै कान्तिपुर फिल्म एकेडेमी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म सम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म ‘म’ निर्माण गर्ने भएको छ । फिल्मको सोमबार एकेडेमीकै परिसरमा मुहुर्त गरिएको छ ।

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म कोरोना महामारीका कारण छायांकनमा जान सकेको थिएन । अब यो फिल्म यही पुष ११ गतेबाट फ्लोरमा जाँदैछ ।

फिल्म ‘सुनगाभा’ का निर्देशक सुर्वण थापा निर्देशन गर्ने फिल्ममा एकेडेमीका सिइओको प्रकाश पुरीको लेखन छ । फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सबिन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठलगायतको अभिनय रहनेछ ।

बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहने फिल्ममा पदम पुरी सह–निर्माता र विमला हुमागाई निर्माता छिन् । फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् ।

निर्देशक थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा बताए । अभिनेता खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने दाबी गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  २ : २८ बजे

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा