ट्रेन्डिङमा कमेडी ‘उकुस मुकुस’ « Khabarhub

ट्रेन्डिङमा कमेडी ‘उकुस मुकुस’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आजकल टेलिभिजनमा भन्दा पनि युट्युबमा दर्शकको संख्या उल्लेख्य बढ्दै गएको छ । विशेषत दर्शकको चासो पारिवारिक कथाका टेलिफिल्मभन्दा पनि कमेडी जनराका टेलिफिल्ममा रुची बढ्दो छ ।

विगत १० भागदेखि प्रसारण हुँदै आएको कमेडी सिरियल ‘उकुस मुकुस’लाई दर्शकले उत्तिकै रुचाइरहेका छन् । सार्वजनिक १० भागमध्ये ४ वटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको छ । यो टेलिफिल्म नेपालको युट्युब ट्रेन्डिङको नवौं स्थानमा छ ।

केदारप्रसाद घिमिरे र दिलीप तामाङको पटकथा तथा संवाद रहेको टेलिफिल्ममा दिलिप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दीपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारीलगायतका कलाकारको अभिनय छ ।

टेलिफिल्ममा केदारकै लेखन सुपरिवेक्षण, लोकचन्द्र थापाको छायांकन, सुविन दाहालको सम्पादन, नहकुल भट्टराइको लगानी, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको छ ।

निर्माता भट्टराईले टेलिफिल्मले गाउँघरको विषयलाई उठान गरेकाले दर्शकले मनपराएको दाबी गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : ५९ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज