प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदबहाली « Khabarhub

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदबहाली


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज पदबहाली गरेका छन् । शाक्यले आज रत्नपार्कमा रहेको प्राधिकरणको केन्द्रीय कार्यालयमा १७औँ कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका हुन् ।

गत कात्तिक २६ देखि कायममुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

“आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५०० युनिट पु¥याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने र दूधकोशी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ”, उनले भने ।

विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका काम प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ ।

‘लेऊ या तिर’(टेक अर पे)को शर्त राखी विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत् आयोजनाको बर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको बताए ।

उनले आन्तरिकरुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए ।

“विद्युत् आपूर्तिका लागि पर्याप्त विद्युत् छ पुरानो संरचना बदल्न तथा नयाँ शुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ”, उनले भने ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिकरुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि ठूलो चुनौती रहेको उल्लेख गरे ।

“विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्णरुपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ”, उनले भने । त्यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाढि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ५९ बजे

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि