चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका « Khabarhub

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् ।

ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ ।

कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ ।

चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो । केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिएका छन् । बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो । कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर पुनः सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरि बन्द भएको छ । गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि पुन: सञ्चालनमा आएको थियो । पुनः सञ्चालनमा आएको दुई दिनपछि चिनियाँ कामदार ल्होसार मनाउँन जादा गत शुक्रबारबाट उक्त नाका बन्द भएको छ ।

फागुन ५ गतेसम्म नाका बन्द हुनसक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मितेरी पुलको मर्मत पछि दुई दिनमा १४ कन्टेनर नेपाल प्रवेश गरेका थिए ।

ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने जानकारी आएको उनले बताए । उनका अनुसार प्रत्येक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किदा नाका बन्द हुने गर्छ ।

“चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रुपमा मनाउँदा केही समय आयात रोकिएको हो, यो प्रत्यक वर्ष हुने नियमित प्रक्रिया हो”, उनले भने ।

लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनःसञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आएपनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : १५ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित