मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वागमती – मकवानपुर जिल्ला प्रहरी कार्यालयले चोरी भएको मोटरसाइकलमा संलग्न तीन जनालाई मोटरसाइकलसहित पक्राउ गरी आज कारबाही प्रक्रिया शुरु गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३–००२ ५०५१६ नम्बरको चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको वाग्मती गाउँपालिका–१२ का २० वर्षीय टेकबहादुर गोले, सर्लाही लालबन्दी नगरपालिका–१४ का २७ वर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका–८ बस्ने २० वर्षीय निकेश वाइवा पक्राउ परेको सो प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

चोरीमा संलग्न रहेका सिन्धुली मरिण गाउँपालिकाका सुरज तामाङको खोजतलास जारी रहेको उनले बताए । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान प्रक्रिया शुरु भएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ३० बजे

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि