पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे २३ जनाको नाम « Khabarhub

पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे २३ जनाको नाम


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमालेभित्रका २३ जनाको गद्दारीले एमाले सरकार ढलेको आरोप लगाएका छन् ।

आज बिहानै ट्‍वीट गर्दै थापाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको भनेका छन् ।

‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला !’, थापाले ट्‍वीटमा भनेका छन् ।

‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ भन्दै उनले सरकार ढाल्ने २३ नेताको नामसमेत सार्वजनिक गरेका छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध बेला–बेला कटु आलोचना गर्दै आएका थापाले २३ गद्दारीको परिणाम भन्दै वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा.भिम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायतको नाम सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : २७ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ