ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटीमा रिहा « Khabarhub

ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटीमा रिहा


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफुलाई ‘सामाजिक अभियानी’ दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटी तिरेर रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौँले ज्वाला सङ्ग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मङ्गलबार अदालतको आदेशपछि उनीहरू जनही १० हजार धरौटी तिरेर रिहा भएका हुन् ।

अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातीय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ०४ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार