लगातारको वर्षाले झोलुङ्गे पुल जोखिममा « Khabarhub

लगातारको वर्षाले झोलुङ्गे पुल जोखिममा


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– लगातारको वर्षाका कारण फुस्रेखोलालगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

पुलको छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत गर्न समस्या भएको रुद्रबहादुर केसीले बताउनुभयो । जोखिममा रहेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा आवतजावतमा समेत समस्या देखिएको उनले बताए ।

पुललाई एकतर्फीरूपमा फुस्रेखोलाले कटान गरेपछि शुक्लागण्डकी–१ सेराबेँसी र पोखरा–३२ मालेपाटनमा आवागमन गर्न समस्या हुँदै गएको सेराबेँसीका युवा किशोर घिमिरेले बताए ।

“पुलको दुवैतर्फको किनारामा बर्सेनि पानीले खोल्दै गएको छ, बर्सेनि जोखिम बढ्दै गए पनि यसतर्फ कसैले चासो दिएको छैन”, उनले भने, “जोखमका बाबजुद पनि विकल्प नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य छन् ।” जोखिममा पर्दै गएको पुलका सम्बन्धमा सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने अर्का स्थानीयवासी बलराम ढकालले बताए ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ । कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो । दैनिक ठूलो सङ्ख्यामा कृषिजन्य कामका साथै पोखरा तथा तनहुँका विभिन्न स्थानमा हिँडेर र मोटरसाइकलमा आवतजावत गर्ने सर्वसाधारण ठूलै समस्यामा परिरहेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ४५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह