लगातारको वर्षाले झोलुङ्गे पुल जोखिममा « Khabarhub

लगातारको वर्षाले झोलुङ्गे पुल जोखिममा


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– लगातारको वर्षाका कारण फुस्रेखोलालगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

पुलको छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत गर्न समस्या भएको रुद्रबहादुर केसीले बताउनुभयो । जोखिममा रहेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा आवतजावतमा समेत समस्या देखिएको उनले बताए ।

पुललाई एकतर्फीरूपमा फुस्रेखोलाले कटान गरेपछि शुक्लागण्डकी–१ सेराबेँसी र पोखरा–३२ मालेपाटनमा आवागमन गर्न समस्या हुँदै गएको सेराबेँसीका युवा किशोर घिमिरेले बताए ।

“पुलको दुवैतर्फको किनारामा बर्सेनि पानीले खोल्दै गएको छ, बर्सेनि जोखिम बढ्दै गए पनि यसतर्फ कसैले चासो दिएको छैन”, उनले भने, “जोखमका बाबजुद पनि विकल्प नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य छन् ।” जोखिममा पर्दै गएको पुलका सम्बन्धमा सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने अर्का स्थानीयवासी बलराम ढकालले बताए ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ । कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो । दैनिक ठूलो सङ्ख्यामा कृषिजन्य कामका साथै पोखरा तथा तनहुँका विभिन्न स्थानमा हिँडेर र मोटरसाइकलमा आवतजावत गर्ने सर्वसाधारण ठूलै समस्यामा परिरहेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ४५ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार