अझै भेटिएनन् पहिरोमा बेपत्ता युवक « Khabarhub

अझै भेटिएनन् पहिरोमा बेपत्ता युवक


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरोमा परी बेपत्ता भएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ ।

पहिराबाट बाख्राको खोर जोगाउन खोज्दा कार्की यही असार २२ गते रातिदेखि बेपत्ता भएका हुन् । खोजीकार्य जारी रहे पनि उनको अवस्था पत्ता नलागेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले बताए ।

कार्कीलाई पहिराले बगाएर स्थानीय दरमखोलामा पुर्‍याएको हुनसक्ने प्रहरी आशङ्का छ । गलकोट नगरपालिका हुँदै बडिगाड खोलासम्म पुगेर प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको छ ।

पहिरामा परी घाइते भएका कार्कीका बुवा र भाइ भने पोखरामा उपचारपछि घर पर्केको प्रनानि न्यौपानेले जानकारी दिए । पहिरामा परी त्यस घरका २७ बाख्रा मरेका थिए । घरमा बस्न जोखिम भएपछि कार्की परिवार अहिले आफन्तकहाँ आश्रित छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ११ : १० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह