एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमवीच भेटवार्ता « Khabarhub

एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमवीच भेटवार्ता


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछिको विकसित राजनीतिक घटनाक्रम तथा पार्टी एकताका लागि कार्यदलले गरेके १० बुँदे सहमतिका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

कार्यादलमा भएको १० बुँदे सहमति स्थायी कमिटी बैठकअघि ओली र नेपालले त्यसमा सहमति जनाएर बैठकमार्फत अनुमोदन गर्ने तयारी भइरहँदा गौतमले नेपाललाई भेटेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल-खनाल समूहसँग ओली अझ रुष्ट छन् ।

ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल-खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिनसकेका बेला गौतमले बैठकमा आउन आग्रह गरेको जनाइएको छ ।

नारायणकाजी श्रेष्ठसँग पनि भेट

नेता नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच पनि आजै भेटवार्ता भएको छ ।

देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट आज बिहान श्रेष्ठले  कोटेश्वर पुगेर नेपाललाई भेटेका हुन् । गौतमअघि श्रेष्ठलाई भेटेका नेपालले गठबन्धनलाई अझै सशक्त बनाएर लैजाने भूमिका निर्वाह गर्न आग्रह गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १२ : २५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह