एमाले कार्यकर्ताको ‘स्कर्टिङ’मा बालुवाटार छाडेर बालकोटतिर लागे ओली « Khabarhub

एमाले कार्यकर्ताको ‘स्कर्टिङ’मा बालुवाटार छाडेर बालकोटतिर लागे ओली


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले  बालुवाटार छाडेका हुन् । आफ्नै निवास बालकोटमा सरेका उनलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका छन् ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत उद्घोष गरेका थिए । तर भारी वर्षाका कारण र्‍याली बिथोलिएको छ ।

सर्वोच्च अदालतको पदमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १२ : ४० बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन