लिदी पहिरोबाट विस्थापितलाई १ वर्षपछि अस्थायी आवास निर्माण « Khabarhub

लिदी पहिरोबाट विस्थापितलाई १ वर्षपछि अस्थायी आवास निर्माण


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोले विस्थापित भएका परिवारलाई अस्थायी बासस्थान निर्माण गरिएको छ ।

अस्थायी रुपमा पालमा बसोबास गर्दै आईरहेका २८ परिवार तथा विपद् जोखिममा रहेका अन्य घरपरिवारलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ जुगल गाउँपालिका तथा नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको सहयोगमा बासखर्क ईलाकामा नेपाली सेनाले आफ्नो दक्ष जनशक्ति प्रयोग गरी १३ वटा अस्थायी बासस्थान निर्माण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट स्थानीयवासीहरूको सहभागितामा नेपाली सेनाबाट निर्माण कार्य सम्पन्‍न गराउन अनुरोध भएअनुरुप यही असार १६ गतेबाट नेपाली सेनाको श्री गोरखबक्स गणबाट ५१ जनाको टोली (दक्ष जनशक्तिसहित) उक्त स्थानमा परिचालित छ ।

४५ वटा अस्थायी घर बनाउने योजना रहेको उक्त परियोजनाको लागि आवश्यक पर्ने सम्पुर्ण निर्माण सामग्री जुगल गाउँपालिकाले उपलब्ध गराएको छ भने नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइले प्राबिधिक सहयोग उपलब्ध गराएको छ ।

उपलब्ध हुनुका साथै सैनिक र नागरिकबीचको सम्बन्ध थप सुदृढीकरण हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ५९ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।