सरकार परिवर्तन भएसँगै विप्लव र प्रचण्डबीच खुमलटारमा भेट « Khabarhub

सरकार परिवर्तन भएसँगै विप्लव र प्रचण्डबीच खुमलटारमा भेट


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार बनेसँगै खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दुई नेताबीचको भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन । यद्यपी शान्ति प्रक्रियामा आउने सम्झौता गरिसकेको विप्लव समूहले प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डसँगको भेटमा विप्लव‍सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि खुमलटार पुगेका थिए ।

विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर सम्झौता बमोजिम पक्राउ परेका नेता कार्यकर्ता रिहा नभएको विप्लव समूहले गुनासो गर्दै आएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ५४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह