प्रधानमन्त्री देउवासँगको भेटमा नेता नेपालले भने : विश्वासको मतका विषयमा पछि कुरा गरौँला | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवासँगको भेटमा नेता नेपालले भने : विश्वासको मतका विषयमा पछि कुरा गरौँला


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा पछि छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक नेता नेपालसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल निवास कोटेश्वरमा पुगेका थिए ।

वरिष्ठ नेता नेपालको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेको छलफलमा सहभागी कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिए ।

भेटघाटमा वरिष्ठ नेता नेपालले सरकारलाई राम्रो काम गर्न सुझाव दिएको उलने जानकारी दिए ।

भेटबारे महामन्त्री खड्काले भने,‘अनौपचारिक रुपमा समसामयिक राजनीतिका बारेमा छलफल भएको हो । विश्वासको मतका विषयमा कुनै छलफल भएन । वरिष्ठ नेता नेपालले पछि छलफल गर्दै जाउँला भन्नुभयो ।’

प्रधानमन्त्री देउवा नेता नेपालको निवासमा पुग्नुअघि महामन्त्री खड्का पुगेका थिए ।

महामन्त्री खड्काले विश्वासको मतका विषयमा समेत आगामी दिनमा छलफल हुने जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक छलफल भएको हो । आगामी दिनमा पनि छलफल हुन्छ ।’

संविधानको धारा ७६(५) अनुसार सर्वोच्चको आदेशमार्फत प्रधानमन्त्री नियुक्त हुँदा वरिष्ठ नेता नेपाल समूहका २३ जना सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ३२ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।