ममाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण छ : विजय गच्छदार | Khabarhub Khabarhub

ममाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण छ : विजय गच्छदार


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललिता निवास जग्गा प्रकरण मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफूमाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

बुधबार विशेष अदालतमा धरौटी बुझाएर रिहा भएपछि गच्छदारले अदालतको निर्णयलाई आफूले सम्मान गर्ने प्रतिक्रिया दिए । आफूमाथिको अभियोग पूर्वाग्रह र पूर्णरुपमा प्रतिशोषपूर्ण रहेको उनको भनाइ छ । उनले यस बिषयमा छिटै अन्य जानकारी गराउने पनि बताए ।

उनीविरुद्ध बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।

यसअघि फरार सूचीमा रहेका गच्छदार बुधबार बिहान आफैँ विशेष अदालतमा उपस्थित भएका थिए ।

भ्रष्टाचार अभियोगमा आयोगले गच्छादारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले पछि थप प्रमाण जुटाएर ठहरिए बमोजिम हुने गरी अहिलेलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ४५ बजे

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार