ममाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण छ : विजय गच्छदार « Khabarhub

ममाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण छ : विजय गच्छदार


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललिता निवास जग्गा प्रकरण मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफूमाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

बुधबार विशेष अदालतमा धरौटी बुझाएर रिहा भएपछि गच्छदारले अदालतको निर्णयलाई आफूले सम्मान गर्ने प्रतिक्रिया दिए । आफूमाथिको अभियोग पूर्वाग्रह र पूर्णरुपमा प्रतिशोषपूर्ण रहेको उनको भनाइ छ । उनले यस बिषयमा छिटै अन्य जानकारी गराउने पनि बताए ।

उनीविरुद्ध बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।

यसअघि फरार सूचीमा रहेका गच्छदार बुधबार बिहान आफैँ विशेष अदालतमा उपस्थित भएका थिए ।

भ्रष्टाचार अभियोगमा आयोगले गच्छादारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले पछि थप प्रमाण जुटाएर ठहरिए बमोजिम हुने गरी अहिलेलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ४५ बजे

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा