देउवाको आह्वानमा भोलि कांग्रेस पदाधिकारी बैठक बस्ने | Khabarhub Khabarhub

देउवाको आह्वानमा भोलि कांग्रेस पदाधिकारी बैठक बस्ने


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले भोलि (मंगलबार) दिउँसो दुई बजे पदाधिकारी बैठक बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पूर्व पदाधिकारीलाई पनि डाकिएको छ । बैठकस्थल भने तय गरिएको छैद्द । मुख्यसचिव पौडेलले महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका कामकारवाहीबारे छलफल हुने बताए ।

सर्वोच्च अदालतको आदेशले मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

देउवाले पहिलो चरणमा चार जना मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट बालकृष्ण खाँणले गृह र ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ०५ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।