देउवाको आह्वानमा भोलि कांग्रेस पदाधिकारी बैठक बस्ने « Khabarhub

देउवाको आह्वानमा भोलि कांग्रेस पदाधिकारी बैठक बस्ने


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले भोलि (मंगलबार) दिउँसो दुई बजे पदाधिकारी बैठक बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पूर्व पदाधिकारीलाई पनि डाकिएको छ । बैठकस्थल भने तय गरिएको छैद्द । मुख्यसचिव पौडेलले महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका कामकारवाहीबारे छलफल हुने बताए ।

सर्वोच्च अदालतको आदेशले मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

देउवाले पहिलो चरणमा चार जना मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट बालकृष्ण खाँणले गृह र ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ०५ बजे

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा