पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत सडकखण्ड सञ्चालन « Khabarhub

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत सडकखण्ड सञ्चालन


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– मध्यपहाडी लोकमार्गअन्तर्गत  कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएसँगै अवरुद्ध सडक सुचारु भएको छ ।

मङ्गलबार राति ९ः०० बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गा फुटाएर पन्छाइएपछि १९ घण्टामा सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

“मङ्गलबार राति ९ः०० बजे पहिरो गएपछि रातिमा गुडेका सवारी पनि बाटोमै अलपत्र परेका थिए, बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकामा केहीबेरअघिबाट बाटो सञ्चालन भएको छ”, उनले भने, “यसपटकको वर्षाले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा धेरै नै दुःख दियो, अवरुद्ध भएको छैटौँ मङ्गलबार साँझबाट खुलेको लोकमार्ग मङ्गलबार रातिबाटै अवरुद्ध भयो, वैकल्पिक सडक नहुँदा पनि समस्या भइरहेको छ ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा काम गरिरहेको लामा कन्स्ट्रक्सनले आज बिहानैबाट तीन एस्काभेटरको सहयोगमा सञ्चालन गराएको हो । अवरुद्ध बाटो सञ्चालन भएपछि पोखराबाट साविकको धौलागिरिका चार जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ३० बजे

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले

वडा कार्यालय पुग्न २४ किलोमिटर पार गर्नुपर्ने

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय