भक्तपुरमा मनाइँदै खःमेय् जात्रा « Khabarhub

भक्तपुरमा मनाइँदै खःमेय् जात्रा


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्लाको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेकाले स्थानीय निकायको पहलमा दिउँसो ३ बजे नै सीमित स्थानीयवासीद्वारा जात्रा गर्ने निर्णय गरिएको छ ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ यो जात्रा मनाउन थालिएको हो । यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ । महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुने हुँदा त्यसअवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट दौडाएर ब्रह्मायणी पीठसम्म पुर्‍याइन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिन्छ ।

बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ११ : ४० बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा