मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै « Khabarhub

मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पुर्‌‌याइसके । ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढ्नु भएका उहाँले ‘दामसंगै नाम ’ पनि कमाउन सफल बनेका छन् ।

साढे दुई आनाको बनेको घरको छत, बरण्डा पेटी, एक रोपनी जमिन मौरी पालन गरेर मह र मौरी बिक्री गरेर बार्षिक रु आठ लाख ५० हजार आम्दानी भएको उनले जानकारी दिए।

बिगत एक दशकदेखि सो व्यवसायमा लागेका उनी जिल्लाका मौरी पालक नमुना कृषक मध्येमा पर्ने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । केन्द्रबाट ४० घार अनुदान पाएकोले व्यवसाय बृद्धि गर्न सहज हुनुको साथै व्यवसायमा सफलता मिलेको किसान मिश्रले बताए । पछिल्लो समय उनको मह तथा मौरी किन्न ग्राहक घरमा नै आउने गरेका छन् ।

मह मानाको रु एक हजारका दरले ४०० माना मह घरैबाट बिक्री गरिएको छ । उनले भने ‘यस बर्ष धेरै परेकोले मौरीले मह सङकलन गर्न नसक्दा डेढ लाख कम नाफा भएको छ ।’ यस बर्ष पानी धेरै परेकोले फूलको रस बगाउँदा मौरीले धेरै मह सङ्कलन गर्न नसक्दा कम नाफा भएपनि निराश नभएको उनले बताए । उनले पछिल्लो सयम मौरी पाल्न चाहने किसानलाई प्रतिघार रु. दश हजारमा बिक्री गर्नुका साथै मौरी कसरी पाल्ने, कसरी जोगाउने भन्ने लगायतका बिषयमा पनि जानकारी दिने गर्न थालेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १२ : ५३ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड