१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ « Khabarhub

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् ।

नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन् ।

नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन बिहीबार पूजापाठ समय अवधिसम्ममा १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ ।

नेपालका दार्चुला जिल्लादेखि भारतको दार्जिलिङ र सिकिमसम्मका तीर्थ यात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिनसम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्रको पहिलो दिन अर्थात् बुधबार २५० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीले जनाएको छ । बिहीबार आठ सय २५, शुक्रबार एक हजार ६५५, शनिबार छ हजार २५, आइतबार एक हजार एक सय ९५, सोमबार दुई हजार, मङ्गलबार दुई हजार दुई सय र आज एक हजार एक सय जान तीर्थ यात्रीहरुले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताए ।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो । पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थयात्रीहरुको चहलपहल बढ्न थालेको हो । पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको भीडभाड बढेसँगै यातायाता व्यवसायी, होटल व्यवसायी र तीर्थयात्री सहयोगीहरु उत्साहित भएको छ । रासस

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ४ : ०० बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ