गण्डकीले बनायो एकै वर्ष ११५ झुलुङ्गे पुल | Khabarhub Khabarhub

गण्डकीले बनायो एकै वर्ष ११५ झुलुङ्गे पुल


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– बागलुङलाई झुलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झुलुङ्गे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ । आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ । गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वाट झोलुंगे पुल निर्माण भइकेका छन् । जसमध्ये बागलुङमा सबैभन्दा धेरै चार सय ४८ वटा पुल बनेका छन् ।

म्याग्दीमा दुई सय ४१ वटा झुलुङ्गे पुल निर्माण भएका छन् । लमजुङमा दुई सय आठ, कास्कीमा एक सय ८३, गोरखामा एक सय ६१, स्याङजामा एक सय ५६ पुल बनिसकेका छन् । यस्तै, पर्वतमा एक सय ५०, तनहुँमा एक सय आठ, नवलपर र मुस्ताङमा समान ६५र६५ वटा तथा मनाङमा सबैभन्दा कम ६० वटा पुल निर्माण भएको पूर्वाधार विकास निर्देशनलयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७र७८ मा मात्र एक सय १५ वटा थप पुल निर्माण भएका छन् । २५ वटा पुलहरू प्रदेश सरकारको बजेटबाट बनेको छ भने संघ सरकारको बजेटबाट ८८ तथा पालिकाको बजेटबाट दुईवटा पुल बनेको हो ।

झुलुङ्गे पुल रणनीति २०६२ अनुसार स्थानीय स्तरमा झुलुङ्गे पुल निर्माण साविकमा जिल्ला विकास समितिबाट हुँदै आएकोमा अहिले प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ । एक सय २० मिटरभन्दा लामा पुल प्रदेश सरकार र एक सय २० मिटरभन्दा छोटा पुल स्थानीय तहमा हस्तान्तरण भएका छन् । त्यसको मर्मत पनि सोही सरकारले गर्नेछन् ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार नै स्वीस सरकारले ग्रामिण क्षेत्रमा पुल निर्माणका लागि सहयोग गर्दै आएको छ । नयाँ संरचनाअनुसार प्रदेश स्तरमा आएका पुलको मर्मत र निर्माणका लागि पुनः स्वीस सरकारकै टिवीएसयू संस्थासँग प्रदेशले सम्झौता गरेको छ । स्थानीय पूर्वाधार विभागका कार्यक्रम निर्देशक कृष्णबहादुर कटुवाल, टिवीएस्यूका टीम लिडर बद्री श्रेष्ठ र गण्डकी निर्देशक नारायणप्रसाद बरालबीच त्रिपक्षीय हस्ताक्षर भएको हो ।

‘प्रदेश सरकारले झुलुङ्गे पुल रणनीति बनाइसकेको छ । आवश्यक ठाउँहरुमा पुल निर्माण गर्न सकिन्छ,’ निर्देशक बरालले भने, ‘तत्काल आवश्यक पर्ने ठाउँमा प्रक्रिया अघि बढिहाल्छ । त्यहाँको माग र आवश्यक्ता हेरेर पुल निर्माण गर्छौं ।’

चालू वर्षमा थप डेढ सय झोलुंगे पुल निर्माण गर्ने योजना छ । ‘अहिले योजना छनौट भइरहेको छ । दसैँअघि निर्माण सुरु हुँदैन,’ उनी भन्छन्, ‘पैदल हिँड्दा कम्तिमा १ घण्टा लाग्ने ठाउँमा पुल निर्माण गर्ने हो । खासगरी सडक पुल नभएका ठाउँमा झुलुङ्गे पुल राख्नुपर्छ ।’ योसँगै गण्डकीमा तुइन पूरै विस्थापित भएको छ । तनहुँका दुई ठाउँमा तुइन भए पनि त्यो कामका लागि प्रयोगमा नरहेको र त्यहाँ झोलुंगे पुल पनि आवश्यक नरहेको बरालले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ४ : ४५ बजे

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान

डीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी– जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना