गण्डकीले बनायो एकै वर्ष ११५ झुलुङ्गे पुल « Khabarhub

गण्डकीले बनायो एकै वर्ष ११५ झुलुङ्गे पुल


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– बागलुङलाई झुलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झुलुङ्गे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ । आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ । गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वाट झोलुंगे पुल निर्माण भइकेका छन् । जसमध्ये बागलुङमा सबैभन्दा धेरै चार सय ४८ वटा पुल बनेका छन् ।

म्याग्दीमा दुई सय ४१ वटा झुलुङ्गे पुल निर्माण भएका छन् । लमजुङमा दुई सय आठ, कास्कीमा एक सय ८३, गोरखामा एक सय ६१, स्याङजामा एक सय ५६ पुल बनिसकेका छन् । यस्तै, पर्वतमा एक सय ५०, तनहुँमा एक सय आठ, नवलपर र मुस्ताङमा समान ६५र६५ वटा तथा मनाङमा सबैभन्दा कम ६० वटा पुल निर्माण भएको पूर्वाधार विकास निर्देशनलयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७र७८ मा मात्र एक सय १५ वटा थप पुल निर्माण भएका छन् । २५ वटा पुलहरू प्रदेश सरकारको बजेटबाट बनेको छ भने संघ सरकारको बजेटबाट ८८ तथा पालिकाको बजेटबाट दुईवटा पुल बनेको हो ।

झुलुङ्गे पुल रणनीति २०६२ अनुसार स्थानीय स्तरमा झुलुङ्गे पुल निर्माण साविकमा जिल्ला विकास समितिबाट हुँदै आएकोमा अहिले प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ । एक सय २० मिटरभन्दा लामा पुल प्रदेश सरकार र एक सय २० मिटरभन्दा छोटा पुल स्थानीय तहमा हस्तान्तरण भएका छन् । त्यसको मर्मत पनि सोही सरकारले गर्नेछन् ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार नै स्वीस सरकारले ग्रामिण क्षेत्रमा पुल निर्माणका लागि सहयोग गर्दै आएको छ । नयाँ संरचनाअनुसार प्रदेश स्तरमा आएका पुलको मर्मत र निर्माणका लागि पुनः स्वीस सरकारकै टिवीएसयू संस्थासँग प्रदेशले सम्झौता गरेको छ । स्थानीय पूर्वाधार विभागका कार्यक्रम निर्देशक कृष्णबहादुर कटुवाल, टिवीएस्यूका टीम लिडर बद्री श्रेष्ठ र गण्डकी निर्देशक नारायणप्रसाद बरालबीच त्रिपक्षीय हस्ताक्षर भएको हो ।

‘प्रदेश सरकारले झुलुङ्गे पुल रणनीति बनाइसकेको छ । आवश्यक ठाउँहरुमा पुल निर्माण गर्न सकिन्छ,’ निर्देशक बरालले भने, ‘तत्काल आवश्यक पर्ने ठाउँमा प्रक्रिया अघि बढिहाल्छ । त्यहाँको माग र आवश्यक्ता हेरेर पुल निर्माण गर्छौं ।’

चालू वर्षमा थप डेढ सय झोलुंगे पुल निर्माण गर्ने योजना छ । ‘अहिले योजना छनौट भइरहेको छ । दसैँअघि निर्माण सुरु हुँदैन,’ उनी भन्छन्, ‘पैदल हिँड्दा कम्तिमा १ घण्टा लाग्ने ठाउँमा पुल निर्माण गर्ने हो । खासगरी सडक पुल नभएका ठाउँमा झुलुङ्गे पुल राख्नुपर्छ ।’ योसँगै गण्डकीमा तुइन पूरै विस्थापित भएको छ । तनहुँका दुई ठाउँमा तुइन भए पनि त्यो कामका लागि प्रयोगमा नरहेको र त्यहाँ झोलुंगे पुल पनि आवश्यक नरहेको बरालले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ४ : ४५ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ