रुकुमका किसानलाई दसैँले छोएन « Khabarhub

रुकुमका किसानलाई दसैँले छोएन


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– दसैँ छिटो परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरू खेतबारीमै व्यस्त छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरू खेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए ।

अघिल्लो वर्ष अलि पछि दसैँ परेका कारण सबै खेतीपाती सकेर आरामका साथ मनाउन पाइएको थियो । अहिले अगाडि परेका कारण कामको चापसँगै दसैँ खेतबारीमै मनाउने परेको बाध्यता उनले सुनाए । धान भित्र्याएसँगै खेत जोतेर गहुँ लगाउने र मकै भित्र्याएपछि खाली भएको जग्गामा गहुँ , तोरी , अन्य तरकारी बाली लगाउनु पर्ने भएकाले कृषकहरू खेतबारीमा व्यस्त हुने गरेका छन् ।

अहिले खेतबारीमा ढिला गरेमा जग्गामा भएको ओसिलोपन हराएमा अर्को बाली लगाउन मुस्किल हुने भन्दै आफूहरु खेतबारीमा व्यस्त भएको बारेकोट गाउँपालिका ५ का मनबहादुर सिंहले बताए । मौसमसमेत राम्रो भएकाले अन्नबाली भित्र्याउन सजिलो भएको उनको भनाइ छ ।

वर्ष भरी खाने अन्नलाई राम्रोसँग भित्र्याउन सकिएन भने त्यसको असर अर्को वर्ष दिनसम्म पर्ने भएकाले काममा लाग्नु परेको सिंहको भनाइ छ ।

अन्य ठाउँमा प्राविधिको प्रयोग गरेर छिटो भएपनि जाजरकोट, रुकुम र डोल्पाको तल्लो क्षेत्रमा गोरुद्धारा जोत्ने , अन्नबाली माडेर निकाल्ने काम हुने गर्दछ । जिल्लाका सबैभन्दा बढी धान उत्पादन हुने दल्ली , कार्यखेत , मैदे रुकुम पश्चिमको चौरजहारी , खोलागाउँ , राडी माझमी लगाएका ठाउँमा अहिले धान बाली भित्र्याउन निकै हैरान भएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह