जुनियरतर्फ विश्व वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिए प्रिन्स « Khabarhub

जुनियरतर्फ विश्व वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिए प्रिन्स


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली ब्याडमिन्टनका युवा सेन्सेसन प्रिन्स दाहाल ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) को जुनियर तर्फको वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिएका छन् ।

बिडब्लुएफको पछिल्लो वरीयता अनुसार उनी शीर्ष तेस्रो स्थानमा छन् । उनीभन्दा पहिलो नम्बरमा डेनमार्कका म्याड्स जोइल मुलर छन् भने दोस्रो स्थानमा भारतका बरुण कपुर छन् ।

प्रिन्सको जुनियर तर्फको वरियता २ सय बाट शुरु भएर शीर्ष तेस्रोसम्म लगाउन उनको पछिल्लो दुई वर्षको खेल प्रदर्शनले साथ दिएको हो ।

यसैबीच उनले दुबईमा भएको जुनियर सिरिजको नतिजाले मुख्य भूमिका खेल्यो भने त्यसयता पनि उनले एक पछि अर्को सफलता हात पारिरहेका छन् ।

अहिले प्रिन्स नेपालको पनि सिनियर वरीयतामा उक्लन राम्रो प्रदर्शन गरिरहेका छन् । आजमात्रै उनले पुष्पलाल स्मृति र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रभावशाली खेलाडी नविन श्रेष्ठलाई पराजित गरेका छन् ।

उनले अब उनले शनिबार नेपालका पूर्व च्याम्पियन रत्नजित तामाङसँग खेल्दैछन्।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ३ : ५९ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका