कालोपत्रे हुँदैछ नयाँबसपार्कदेखि कुलेश्वरसम्मको विष्णुमति करिडोर « Khabarhub

कालोपत्रे हुँदैछ नयाँबसपार्कदेखि कुलेश्वरसम्मको विष्णुमति करिडोर


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो ।

काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ ।

निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले विसं २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३.५ किलोमिटर सडक निर्माण कार्य भइरहेको राससलाई जानकारी दिए ।

सडक कालोपत्रेसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी आवतजावतमा सहज हुनेछ । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा करिडोर निर्माणको काम अगाडि बढाएका थिए ।

सोही समयमा विष्णुमति करिडोरसँगै बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोरसमेत सञ्चालनमा ल्याइएको थियो । नयाँबसपार्क–कुलेश्वर करिडोर निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको रु १३ करोड ४९ लाख २५ हजार ५४६ रकम खर्च हुनेछ । उक्त करिडोरमा नयाँ बसपार्क, शोभाभगवती, डल्लु, कुलेश्वरमा चारवटा अण्डरपास हुनेछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने सवारी जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताए । ‘करिडोर निर्माणसँगै विष्णुमति करिडोरका सडकमा हुने सवारी जाममा कमी आउँछ’, उनले भने ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३५ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र १२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : १० बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो