चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बैंशाखमा निर्वाचन गर्नै नसक्ने दाबी गरेका छन् ।
सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संसद विघटन चुनाव गर्नका लागि गरिएको कदम नै नभएको बताए ।
उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेरै छाड्ने बताए ।
लामो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा उत्रिएको जिकिर गरे ।
हेरौँ भिडियो
अध्यक्ष प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्चर्याली र जमिन बाड्छौं भनेर मान्छे उतार्नुको कुनै तुक नभएको तर्क गरे ।
प्रतिक्रिया