कांग्रेस पदाधिकारी बैठक स्थगित, मन्त्रिपरिषद् विस्तार र विश्वासको मतबारे छलफलमा देउवा « Khabarhub

कांग्रेस पदाधिकारी बैठक स्थगित, मन्त्रिपरिषद् विस्तार र विश्वासको मतबारे छलफलमा देउवा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजे डाकिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लागेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि यही असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन् ।

सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरेका देउवाले शुरूमा विपक्षी गठबन्धनमा रहेकाहरुलाई पनि सरकारमा सहभागी गराउने कोसिस गरिरहेका छन् ।

देउवाले बुधबार एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुँदै विश्वासको मतका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् । उनले जसपाको ठाकुर-महतो पक्षसँग छलफलको तयारी गरेको स्रोतले जनाएको छ ।

सबै पक्षसँगको परामर्शमा संयुक्त सरकार बन्ने अवस्था नआएमा देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : २४ बजे

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा