कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य « Khabarhub

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका कारण प्रदेशसभाका बजेट अधिवेशन प्रभावित भएको थियो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरे पनि त्यसयताका बैठक एमाले अवरोधले कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगित हुँदै आएका थिए । प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा छ ।

एमाले प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशसभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा एक तिहाइ बजेटसहित पेश्की खर्च विधेयक ल्याउन सकिने संवैधानिक प्रावधान छँदाछँदै सरकार निरङ्कुश ढङ्गले अघि बढेको बताए ।

सदनमा सर्वोच्च अदालतको आदेशविपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने एमालेको माग थियो । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : ५५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह