वेस्ट इन्डिजविरूद्धको चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित « Khabarhub

वेस्ट इन्डिजविरूद्धको चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली वेस्ट इन्डिजविरूद्ध चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाले जित हात पारेको छ ।

सेन्ट लुसियामा बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । पाँच खेलको सिरिजमा अष्ट्रेलियाको यो पहिलो जित हो ।

अष्ट्रेलियाले दिएको १ सय ९०  रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कले ५ बलमा कुनै पनि रन खर्चेनन् । उनको अन्तिम बलमा रसेलले छक्का प्रहार गरे पनि वेस्ट इन्डिज जित निकाल्न सफल भएन ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका मिचेल मार्शले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा डान क्रिस्टियनले अविजित २२ रन जोडे ।

वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यस अघि नै गुमाईसकेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३-१ ले अघि रहेको छ । पाँचौ खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १० : १० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज