वेस्ट इन्डिजविरूद्धको चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित « Khabarhub

वेस्ट इन्डिजविरूद्धको चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली वेस्ट इन्डिजविरूद्ध चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाले जित हात पारेको छ ।

सेन्ट लुसियामा बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । पाँच खेलको सिरिजमा अष्ट्रेलियाको यो पहिलो जित हो ।

अष्ट्रेलियाले दिएको १ सय ९०  रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कले ५ बलमा कुनै पनि रन खर्चेनन् । उनको अन्तिम बलमा रसेलले छक्का प्रहार गरे पनि वेस्ट इन्डिज जित निकाल्न सफल भएन ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका मिचेल मार्शले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा डान क्रिस्टियनले अविजित २२ रन जोडे ।

वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यस अघि नै गुमाईसकेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३-१ ले अघि रहेको छ । पाँचौ खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १० : १० बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा