वृहत बाम एकताका लागि नेपाल निवासमा छलफल « Khabarhub

वृहत बाम एकताका लागि नेपाल निवासमा छलफल


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

दुवै नेता कोटेश्वरस्थित नेपाल निवास एकै समयमा पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा वृहत बाम एकताका विषयमा छलफल हुने बुझिएको छ । छलफलमा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी छन् ।

नेताहरूबीच झण्डै १ घण्टा छलफल भएको थियो । बिहान १० बजे नेता नेपालको निवास प्रवेश गरेका प्रचण्ड एक घण्टा त्यहाँ बसेका थिए । उनीहरुका बीचमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

दुई नेताको भेटअघि नेक्रविक्रम चन्द ‘विप्लव’,माधव नेपाल र प्रचण्डबीच समेत कुराकानी भएको थियो । विप्लवले ३० मिनेटजति दुई नेताहरुसँग छलफल गरेका थिए ।

तरल राजनीतिक अवस्थामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

ओली सरकारको बर्हिगमनपछि विप्लवले पहिलो पटक बुधबार प्रचण्डसँग खुमलटार पुगेर भेटेका थिए। भेटमा सबै माओवादी घटकबीच एकीकरण हुनुपर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

एमालेमा विद्रोह गरिरहेका माधव नेपालहरुले पनि वृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै आएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपामा माधव र प्रचण्ड मिलेर ओलीसँग संघर्ष गरेका थिए।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ११ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको