भन्सार छली ल्याइएका राँगासहित बर्दीयाबाट दुई जना पक्राउ « Khabarhub

भन्सार छली ल्याइएका राँगासहित बर्दीयाबाट दुई जना पक्राउ


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– भन्सार छली ल्याइएका १६ वटा राँगासहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका– ११ का ३३ वर्षीय अब्दुल सलाम गद्दी र २४ वर्षीय वसिम गद्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी राँगा ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी तथा पशुपंक्षी विकास कार्यालयसहितको संयुक्त टोलीले उनीहरूलाई राँगासहित पक्राउ गरेको हो ।

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  २ : ३० बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर